ad ad

राजनीति


नीति तथा कार्यक्रम पुरानै ढर्रामा, छलफल गर्नुको तुक छैन : पूर्वअर्थमन्त्री महत

नीति तथा कार्यक्रम पुरानै ढर्रामा, छलफल गर्नुको तुक छैन : पूर्वअर्थमन्त्री महत

फाइल फोटो


नेपालखबर
जेठ १, २०८१ मंगलबार १९:१०, काठमाडौँ

पूर्वअर्थमन्त्री पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुरानै ढर्राबाट आएको टिप्पणी गरेका छन्।

मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रतिपक्षले लामो समयदेखि उठाएका माग र सर्वसाधरणको मागलाई सम्बोधन गर्नेगरी कार्यक्रम नआएको बताए।

उनले विगतको जस्तै लामो कार्यक्रम आएको बताए। उनले कार्यक्रममा सरकारले भन्न केही पनि नछोडेका तर लागू हुने कार्यक्रम केही नभएको दाबी गरे।

उनले नीति र कार्यक्रमलाई महत्व दिएर छलफल गर्नुको कुनै अर्थ नदेखिएको बताए।

उनले भने,‘सरकारको भनाई र गराईमा आकाश जमिनको फरक छ। यति लामो नीति तथा कार्यक्रमको पक्षमा छैन। यति लामो कार्यक्रम राख्न आवश्यक छैन। पुरानै ढर्रामा आएको छ। जुन ढङ्गमा सरकार चलेको छ। सुशासनको कुरा कार्यक्रमले गरेको छ भ्रष्टाचार उन्मुक्तिका कुरा गरेको छ। तर सरकारमा बस्नेहरुले गरेको दुरुयोगलाई ढाकछोप गरिरहेको छ।'

उनले कार्यक्रममा सुशासन र भ्रष्टाचार उन्मुक्तिका कुरा गरे पनि भनाई र गराई फरक रहेको बताए। उनले  नीति तथा कार्यक्रमले आगामी बजेट वितरण र कार्यकर्तामुखी बजेट आउने अभ्यास गरेको देखिएको बताए।
उनले सरकार आफैँले राज्य संरचनाको दुरुपयोग गर्दै सर्वसाधरण जनताको माग बेवास्था गरेको आरोप लगाए।

उनले भने,‘अहिले राज्य संरचनाको दुरुयोग भएको छ त्यसलाई अनुशासनमा ल्याउने कुरालाई समाप्त पारिएको छ। बजेटलाई अनुशासनमा ल्याउने काम थालेका थियौं। ३ करोड केन्द्रबाट दिनेकुरा गर्दैै हुनुहुन्छ। बजेट वितरणमुखी कार्यकर्तामुखी बजेट ल्याउँदै हुनुहुन्छ। त्यसको अभ्यास नीति तथा कार्यक्रमले गरेको छ। निती तथा कार्यक्रममा भन्ने कुरा केही छाडिएको छैन। तर हुने कुरा केही छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .