राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका छन्।
संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेका हुन्।
नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल विशेष भीभीआईपी सवारीमार्फत संसद् भवन पुगेका थिए।
संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।
राष्ट्रपति पौडेलको सवारी आज नयाँ बानेश्वरबाट मात्रै ‘घोडसवार फौज’ सहितको ‘कारगेड’ भएको थियो।
उनलाई संसद् भवन परिसरमा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरेका थिए भने नेपाली सेनाको टुकडीले सम्मान गारत अर्पण गरेका थिए।
तस्बिरहरूः\
480
Shares
प्रतिक्रिया