ad ad

राजनीति


राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे दलका नेताहरूसँग छलफल

राष्ट्रिय सभा अध्यक्ष दाहालले गरे दलका नेताहरूसँग छलफल

नेपालखबर
जेठ १, २०८१ मंगलबार १४:५४, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्षज्यूको पहलमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग संसद भवन बानेश्वरमा छलफल भएको छ। 

छलफलमा सरकारको नीति तथा कार्यक्रमको संयुक्त बैठक र त्यसपछिको राष्ट्रिय सभाको बैठक सञ्चालन गर्नेबारे छलफल भएको हो।

बैठकमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो नहुने बताए। 

‘राष्ट्रिय सभाको गरिमा, पहिचान स्थापित गर्नका लागि तल्लो सदनको विवाद माथिल्लो सदनमा ल्याउनु राम्रो हुँदैन। हामी आफै निर्णय गर्न सक्छौं भन्ने सन्देश दिन जरूरी छ,’ उनले भने, ‘प्रतिनिधि सभामा हुने सहमति÷असहमति उहाँहरूले उतै मिलाउनु हुन्छ। हामी परिपक्व र विज्ञ सभाका सदस्यहरूले हाम्रो परिपक्वता देखाउने यस्तै अवस्थामा हो। त्यसैले बैठक सुचारू गर्न प्रतिपक्षमा रहनुभएका माननीयज्यूहरूले सहयोग गर्नुहोस्।’ 

बैठकमा नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदा हामी अवरोध नगर्ने र धन्यवाद प्रस्तावका लागि बस्ने राष्ट्रिय सभा बैठकमा अवरोध रहने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .