ad ad

राजनीति


सरकारमा जान बालुवाटारको ‘बोलावट’ कुर्दै अशोक राई नेतृत्वको जसपा

प्रदीप यादवको नाम पक्का
सरकारमा जान बालुवाटारको ‘बोलावट’ कुर्दै अशोक राई नेतृत्वको जसपा

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार १४:१८, काठमाडौँ

७ जना सांसदसहित पार्टी विभाजन गरेका अशोक राई सरकारमा सहभागी हुन समय कुरेर बसिरहेका छन्। 

सोमबार बिहान उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव र स्वास्थ्य राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएसँगै राई नेतृत्वको जसपाले सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत टुंगो लगाइसकेको छ। 

यद्यपि, प्रधानमन्त्रीबाट अहिलेसम्म कुनै खबर नआइसकेको अध्यक्ष राईले नेपालखबरलाई जानकारी दिए। 

‘खाली भएको खण्डमा हामीले नै पाउनुपर्छ भनेका हौँ। उपेन्द्रजीले राजीनामा दिनुभयो भन्ने सोच्न सकिन्छ भन्नुभएको थियो प्रधानमन्त्रीज्यूले,’ उनले भने, ‘उहाँहरूले राजीनामा दिनुभयो भन्ने कुरा मिडियाबाटै आएको छ। प्रधानमन्त्रीबाट खबर आयो भने प्रदीपजीलाई पठाउछौँ।’

राईले पहिलो चरणमा पार्टीका सांसद प्रदीप यादवको नाम पक्का गरिएको उनले जानकारी दिए।

‘अरुपनि पद खाली गराएर गर्नुहुन्छ कि मलाई जानकारी भएन,’ उनले भने, ‘अहिलेसम्म खबर आएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .