ad ad

राजनीति


जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा

जसपाले छाड्यो सरकार, उपेन्द्रले बालुवाटार पठाए राजीनामा

नेपालखबर
बैशाख ३१, २०८१ सोमबार ११:२२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) सरकारबाट बाहिरिएको छ। उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामापत्र पठाएका छन्।

स्वास्थ्यमन्त्री यादवसहित जसपाकै अर्का मन्त्री दीपक कार्कीको पनि राजीनामापत्र बालुवाटार बुझाइएको उनको सचिवालयले जनाएको छ। 

दुवैले अहिलको विकसित राजनीतिक परिस्थिति अनुसार सरकारमै बसेर सहकार्यलाई निरन्तरता दिन नसकिने राजीनामापत्रमा उल्लेख गरेका छन्। 

अशोक राई नेतृत्वमा ६ जना सांसदसहितले पार्टी विभाजन गरेपछि त्यसको असर केन्द्र र प्रदेशका सरकारहरूमा पनि देखिन थालेको हो। 

मधेस प्रदेशमा हिजो (आइतबार) जसपा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेले समर्थन फिर्ता लिएको थियो। 

लगत्तै त्यहाँ अन्य ४ दल मिलेर सरकार बनाउने कसरत अघि बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .