ad ad

राजनीति


नीति तथा कार्यक्रम तयारीबारे छलफल गर्न सभामुखले बोलाए कानुन मन्त्रीसहितको बैठक

नीति तथा कार्यक्रम तयारीबारे छलफल गर्न सभामुखले बोलाए कानुन मन्त्रीसहितको बैठक

नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १०:५४, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न न्याय तथा संसदीय मामिलामन्त्रीसहितको बैठक बोलाएका छन्। 

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार नीति तथा कार्यक्रमको तयारीलगायतका विषयमा छलफल गर्न सभामुखले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्। 

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीसहित प्रमुख दलका प्रमुख सचेतक, सचेतकलाई बोलाइएको प्रेस विज्ञ अधिकारीले जानकारी दिए। 

यही जेठ १ गते सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्‌मा पेस गर्ने तयारी गरेको छ। 

सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति गठनको माग गर्दै संसद् बैठकमा अवरोध जारी राखेको प्रमुख प्रतिपक्षी कांग्रेससँग आजै बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका छन्। 

प्रधानमन्त्रीसँग भेटवार्ता गर्न आइतबार बिहान ९ बजे कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्ण सिटौला प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

उनीहरूबीच झन्डै २ घण्टा वार्ता भएको थियो। निर्णय सार्वजनिक हुन भने बाँकी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .