ad ad

राजनीति


देशकै अस्तित्व खतरामा पर्न लाग्यो, राष्ट्रिय सहमति गर्न ढिला नगरौँ : माओवादी प्रवक्ता

‘संसद्ले जनतामा आशा जगाउन सकेन, देश अराजकतामा गयो’
देशकै अस्तित्व खतरामा पर्न लाग्यो, राष्ट्रिय सहमति गर्न ढिला नगरौँ : माओवादी प्रवक्ता

फाइल तस्बिर


नेपालखबर
बैशाख २९, २०८१ शनिबार १२:२०, मलेखु (धादिङ)

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले देशको अस्तित्व जोगाउन तत्काल राष्ट्रिय सहमति गरेर अघि बढ्नुपर्ने बताएका छन्।

अहिलेको संसद्ले जनतालाई आशावादी बनाउन नसकेको र अराजकताको अवस्थामा देश पुगेकाले साझा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्ने उनले बताए। 

प्रेस सेन्टर नेपाल धादिङले शनिबार धादिङबेंसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता सापकोटाले संसद्लाई सहमतिपूर्वक सञ्चालन गरेर संसद्लाई जिवन्त, गतिशील र जनमुखी बनाउनुपर्नेमा जोड दिए।

‘राष्ट्रिय सहमतिमा जति ढिला गर्‍यो उति देशको अस्तित्वमा प्रश्न खडा हुन्छ। सहमति, सहकार्य र समन्वय गर्दै अघि बढ्नुपर्छ’, उनले भने।

प्रवक्ता सापकोटाले आगामी बजेटले कृषि क्षेत्रलाई सर्वाधिक महत्व दिएर नवप्रवर्द्धनमा जोड दिने खालको बजेट ल्याउनुपर्ने विचार राखे। 

सबैका लागि समृद्धि हुने नीति, कार्यक्रम र बजेट सरकारले ल्याएर देशलाई विकासको बाटोमा अघि बढाउन आवश्यक भएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .