पूर्वप्रधानमन्त्री तथा सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर फैलाइएको हल्ला झुटो भएको स्पष्टीकरण दिएका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि एकीकृत समाजवादी पनि फुट्दै छ भनेर गलत प्रचार भइरहेको भनी खनालले बुधबार विज्ञप्तिमार्फत भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गरेका हुन्।
‘...केही दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पनि विभाजित हुँदै छ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीव्र रूपले फैलाइएको छ। केही अवाञ्छित, स्वार्थी र कम्युनिस्टविरोधी तत्त्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन्। त्यसले पार्टीव्यापी रूपमा एउटा भ्रमको कुहिरो फैलाइदियो’, खनालले विज्ञप्तिमार्फत भनेका छन्, ‘प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ।’
यस्तो छ उनको विज्ञप्ति-
पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बनौँ!
पार्टीको नीतिनिष्ठ एकतालाई खदिलो बनाऔँ
देश तथा प्रवासमा कार्यरत सम्पूर्ण कमरेडहरू!
पार्टीका समर्थक तथा शुभेच्छुक साथीहरू!
पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, समर्थक र शुभेच्छुक कमरेडहरू तथा साथीहरू!
प्रतिकृयावादीहरू, औसरवादीहरू र पार्टीविरोधी क्षुद्र तत्त्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बनौँ, वर्तमान नयाँ समीकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौँ, पार्टी महाधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौँ। क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खँदिलो र विस्तृत बनाऔँ, पार्टी महाधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रूपमा विकास गरौँ र आम जनतालाई गोलबन्द गर्दै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ।
२६ वैशाख, २०८१
झलनाथ खनाल
पूर्वप्रधानमन्त्री
तथा सम्मानित नेता, नेकपा (एकीकृत समाजवादी)

Shares

प्रतिक्रिया