राजनीति


इलाम–२ : ११ वटा वडाको गणना बाँकी, सुहाङसँग डम्बरको मतान्तर ६ हजार ५ सय

इलाम–२ : ११ वटा वडाको गणना बाँकी, सुहाङसँग डम्बरको मतान्तर ६ हजार ५ सय

नेपालखबर
बैशाख १७, २०८१ सोमबार २१:१, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना लगभग अन्तिम चरणमा पुगेको छ। यो क्षेत्रमा पर्ने ४२ मध्ये अब इलाम नगरपालिकाका ११ वडाको मात्रै बाँकी छ। 

बाँकी ३१ वटा वडाको मतगणना सकिइसकेको छ। फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माईको ६,७,८, देउमाईको १ देखि ९ र इलाम नगरपालिकाको २ नम्बर वडाको मत गनिसकिएको छ। 

अन्तिमम सदरमुकाम समेत रहेको इलाम नगरपालिकाको मतगणना हुनेछ। यो पालिकाका ११ मध्ये अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले ८ वटा वडा जितेको थियो। 

कांग्रेसले यो पालिकालाई आफ्नो पकड मान्छ भने एमालेले पनि यहाँबाट कम मत पाउने विश्लेषण गरेको छ। 

तर, एमाले उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर फराकिलो बनाइसकेका छन्। अहिलेसम्म गणना भएका ३० वटामध्ये २५ बढी वडामा एमालेकै वर्चश्व देखिन्छ। 

जारी मतगणनाको पछिल्लो परिणाम अनुसार, अहिलेसम्म लगभग ४७ हजार हाराहारीमा मतगणना सकिइसकेको छ। कुल ६९ हजार २ सय ८७ जना मतदाताले मतदान गरेका थिए।

पछिल्लो मतपरिणमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो मतान्तर बढाउँदै लगेका छन्। 

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काभन्दा उनी ६ हजार ५ सय ७ मतले अघि छन्। 

नेम्वाङले १९ हजार ६ सय ७९ मत पाएका छन्। त्यस्तै, उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले १३ हजार १ सय ९० मत प्राप्त गरेका छन्। 

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ५ सय १४ र रास्वपा उम्मेदवार मिलन लिम्बूले ३ हजार ३ सय २३ मत पाएका छन्।

तीनवटा ठाउँमा मतगणना जारी छ। सकेसम्म चाँडो मतगणना सम्पन्न गर्नेगरी गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

उपनिर्वाचनमा खसेको ६० प्रतिशतमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जना सहभागी थिए।

यहाँ १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .