ad ad

खेल


सन्दीप फर्किए विश्वकप खेल्ने टोलीबाट को बाहिरिएलान्?

सन्दीप फर्किए विश्वकप खेल्ने टोलीबाट को बाहिरिएलान्?

नेपालखबर
जेठ २, २०८१ बुधबार १८:५३, काठमाडौँ

लेग स्पिनर सन्दीप लामिछाने वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकप खेल्ने टोलीमा फर्किए एक खेलाडी टोलीबाट बाहिरिनेछन्। 

जिल्ला अदालतबाट बलात्कार मुद्दामा ८ वर्षको सजाय पाएका सन्दीपले त्यसको पुनरावेदनमार्फत उच्च अदालत पाटनबाट सफाइ पाएसँगै टोलीमा फर्किने सम्भावना उच्च छ। 

नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपको निलम्बन फुकुवा गर्दै उनलाई टोलीमा फर्काउने तयारी गरिरहेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले विश्वकपका लागि घोषणा गरेको टोलीमा ७ गते सोमबारसम्म परिवर्तन गर्नसक्ने समय तोकेको छ।

यसका लागि क्यानले उनको निलम्बन फुकुवा गरेर आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सन्दीप टोलीमा फर्किए एक खेलाडी विश्वकप खेल्ने टोलीबाट बाहिरिनेछन्।

अहिले टोलीमा मुख्य दुई लेगस्पिनर छन्। ललित राजवंशी टोलीमा नियमित रहँदा अर्का स्पिनर बाहिरिने सम्भावना छ। 

अहिले टोलीमा दुई तीव्र गतिका बलर सोमपाल कामी र करण केसी रहेकाले लेगस्पिनरको आवश्यक छ। त्यसैले सन्दीप टोलीमा फर्किँदा स्पिनरबाट बाहिरिने सम्भावना छ।

अहिले १५ सदस्यीय टोली वेस्ट इन्डिज र अमेरिका भ्रमणमा छ। 

यसअघि क्यानले गत वैशाख १९ गते सागर ढकाल र कमलसिंह ऐरीलाई समेट्दै १५ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको थियो। 

क्यानले वैकल्पिक खेलाडीको नाम भने सार्वजनिक गरेको छैन। 

विश्वकपमा नेपालले आफ्नो पहिलो खेलमा जुन ४ मा नेदरल्यान्डसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ। दोस्रो खेलमा जुन १२ मा श्रीलंकासँग खेल्नेछ। 

जुन १५ मा दक्षिण अफ्रिका र समुह चरणको अन्तिम खेलमा जुन १७ मा बंगलादेशसँग खेल्नेछ। 

विश्वकप खेल्ने टोली
रोहित पौडेल, आशिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनास बोहोरा, सागर ढकाल, कमल सिंह ऐरी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .