राजनीति


प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने

प्रवासी नेपाली एकता मञ्चको अधिवेशन काठमाडौंमा हुने

नेपालखबर
बैशाख १९, २०८१ बुधबार १४:४७, काठमाडौँ

नेकपा एकीकृत समाजवादीको संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीको प्रथम अधिवेशन असार २२ र २३ (जुलाई ६ र ७), काठमाडौँमा  हुने भएको छ।

एकीकृत समाजवादीका स्थायी कमिटी सदस्यसमेत रहेका प्रवास समन्वय कमिटी संयोजक श्रीप्रसाद शाहको अध्यक्षतामा भर्चुअल माध्यमबाट बसेको मञ्चको बैठकले सो निर्णय गरेको हो।

अधिवेशनले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुने तथा आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने मञ्चका सहसंयोजक सुभाष पोखरेलले बताए।

‘पार्टीको संगठन भएकाले राजनीतिक विषयमा छलफल त हुने नै छ। तर सँगै प्रवासमा रहेका नेपालीको श्रम, सीप र पुँजीलाई नेपालमा कसरी भित्र्याउने, विदेशमा रहेका नेपालीको मतदान गर्न पाउने व्यवस्थालगायतका विषयमा पनि अधिवेशनमा गम्भीर छलफल गरिनेछ,’  पोखरेलले भने। 

अधिवेशनमा ५१ सदस्यीय आयोजक कमिटी, हरेक राष्ट्रिय कमिटीबाट १० बराबर १ जना र कमिटीले मनोनित गरेका ५ प्रतिशत गरी २ सय प्रतिनिधि सहभागी हुने मञ्चले जनाएको छ। अमेरिका, युरोप, मध्यपूर्व , पूर्वी एसिया र ओसिनिया महादेशका ३० भन्दा बढी राष्ट्रबाट प्रतिनिधिले अधिवेशनमा भाग लिनेछन्।

पार्टी महाधिवेशनकै समयमा मञ्चको पनि अधिवेशन गर्न लागिएको हो।

मञ्चको माउ पार्टी एकीकृत समाजवादीको दशौं राष्ट्रिय महाधिवेशन असार १६ देखि २० (जुन ३० देखि जुलाई ४), काठमाडौंमा हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .