राष्ट्रिय समाचार संस्था र कतार न्युज एजेन्सीले समाचारजन्य सूचना आदानप्रदानमा सहकार्य गर्ने भएका छन्।
नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो।
योसँगै दुई संस्थाले समाचार आदाप्रदानसम्बन्धी सहकार्य गर्नेछन्।
उक्त समझदारीपत्रमा नेपालका कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री पदम गिरी र कतार न्यूज एजेन्सीका तर्फबाट हस्ताक्षर गरिएको छ।
69
Shares
प्रतिक्रिया