राजनीति


दलका नेतृत्व मठाधीश बने : प्रदीप पौडेल

दलका नेतृत्व मठाधीश बने : प्रदीप पौडेल

नेपालखबर
बैशाख ११, २०८१ मंगलबार १६:४२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले राजनीतिक दलका नेतृत्व मठाधीश बनेका कारण लोकतान्त्रिक प्रणालीमाथि नै टिकाटिप्पणी हुने गरेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता विषयक संवाद कार्यक्रममा बोल्दै सांसद पौडेलले दलका नेतृत्वहरु मठाधीश बनेका कारण लोकतन्त्रमाथि प्रश्न उठ्न थालेको बताए। उनले अहिलेको लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता नै नभएको टिप्पणी गरे।

सांसद पौडेलले लोकतन्त्रको विकल्प अर्को कुनै शासन प्रणाली नहुने स्पष्ट पार्दै संविधानलाई कार्यान्वयन गर्न नसक्दा लोकतन्त्र कमजोर हुने बताए।

उनले संविधानले कुनैपनि मठाधीश, निरंकुश शासक र सामन्तीको परिकल्पना नगरेको भएपनि नेतृत्वको व्यवहार निरंकुश शासक र सामन्तीको भन्दा फरक नभएको बताए।

उनले भने, ‘आज हाम्रो नेतृत्वको व्यवहार सामन्तीको भन्दा कहाँनिर फरक छ? हाम्रो नेतृत्वको व्यवहार निरंकुश शासक या राजतन्त्रभन्दा कहाँनिर फरक छ? संविधानमा भएको आशय अनुसार नेतृत्वले व्यवहार गर्न नसकेको कारणले समस्या भएको हो।’

दलमा नेतृत्वकै कुरा सर्वेसर्वा हुने भन्दै उनले नेतृत्व मठाधीशको रुपमा प्रश्तुत हुने गरेका बताए। उनले राजनीतिक दलहरुले आन्तरिक लोकतन्त्रको सम्पूर्ण रुपमा प्रयोग नगरेसम्म दलिय व्यवस्था सुदृढ हुन नसक्ने बताए।

उनले लोकतन्त्रलाई विधिको शासनको रुपमा महशुस गराउन र कानूनी राज्य भएको स्थिति निर्माण गर्न दलभित्र व्यापक सुधारको आवश्यकता रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .