राजनीति


गगन थापाको व्यंग्यः चोरीको सामान फर्काएर विष्णु विष्णु भन्नु!

गगन थापाको व्यंग्यः चोरीको सामान फर्काएर विष्णु विष्णु भन्नु!

नेपालखबर
फागुन ६, २०७६ मंगलबार ९:८,

नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवास प्रकरणमा नेकपा नेता विष्णु पौडेललाई मुद्दा नचलाउने अख्तियारको निर्णयमाथि व्यंग्य गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शुन्य समयमा उनले अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले नदेखेको भन्दै व्यंग्य गरेका हुन्।

उनले भने, ‘कुमार जी आज्ञा गर्नुहुन्छ हे विष्णुमणि अब उप्रान्त कसैको सामान किन्दा सकेसम्म लोकलाई थाहा नहुने गरी किन्नु थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसके अफ्ठ्यारो पर्ने भए हत्तपत्त चोरीको सामान फर्काउनु र २ पटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुल धाममा गएर खड्ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखेपनि देख्नुपर्नेले देख्ने छैनन्। इतिश्री अख्तियार पुराणे कुमार विष्णु सम्बादे श्री स्वस्थानी कथाले बालुवाटार प्रकरण वर्णायम प्रथम अध्याए धन्यवाद।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .