ad ad

राजनीति


माइतीघर-बानेश्वरको निषेध हटाइयो

माइतीघर-बानेश्वरको निषेध हटाइयो

फाइल तस्बिर


नेपालखबर
चैत ३०, २०८० शुक्रबार २०:१७, काठमाडौँ

काठमाडौँको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्म प्रदर्शनमा गरिएको निषेध सरकारले हटाएको छ।

निषेधित क्षेत्र तोक्ने काठमाडौँ जिल्ला प्रशासनको आदेश फिर्ता लिइएको हो।

प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी निषेधित क्षेत्र कायम नरहेको जानकारी दिएको छ।

प्रशासनले पछिल्लोपल्ट २०८० फागुन ४ गते २ महिनासम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरी काठमाडौँ जिल्लाका विभिन्न स्थानलाई तोकेर निषेध आदेश जारी गरेको थियो।

हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिस अनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ देखि उक्त निषेध आदेश कायम नरहने सूचनामा उल्लेख गरिएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नयाँ वर्षसँगै तीन सुरुवात भन्दै काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र हटाइएको, ठमेल र दरबारमार्ग क्षेत्र व्यापारिक प्रयोजनका लागि स्पष्ट मापदण्ड, आचारसंहिता र पूर्ण सुरक्षा प्रत्याभूतिसहित २४ सै घण्टा खुलाइएको र आन्दोलनका क्रममा भएको क्षतिको आन्दोलनका क्रममा भएको भर्पाई प्रदर्शनकारी पक्षबाट उठाइने निर्णय लिएको जानकारी सार्वजनिक गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकारप्रति सम्मान छ। यो लोकतन्त्रको सौन्दर्य हो। तर, आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति तोडफोड गर्न पाइँदैन।त्यसैले, आन्दोलनका क्रममा भएको वा हुने क्षतिको भर्पाईका लागि आयोजक (व्यक्ति, संस्था वा दल)लाई बिल पठाउने र सरकारी बाँकी सरह उठाउने निर्णय भएको छ। मैले कार्यकाल सुरु गरेपछिका प्रदर्शनका क्रममा भएका सार्वजनिक क्षतिको विवरण संकलन भइरहेको छ। बिल चाँडै पठाइने छ। नयाँ वर्ष २०८१ को शुभकामना।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .