ad ad

राजनीति


आज काठमाडौँमा राप्रपाको जनप्रदर्शन

आज काठमाडौँमा राप्रपाको जनप्रदर्शन

फाइल तस्बिर


नेपालखबर
चैत २७, २०८० मंगलबार ७:५९, काठमाडौँ

राप्रपाले आज काठमाण्डौँमा जनप्रदर्शन गर्दैछ। गत फागुन ९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले जनप्रदर्शन गर्न लागेको हो। 

आजको जनप्रदर्शनमा काठमाण्डौँका दर्जनौँ स्थानबाट जुलुस निस्कने राप्रपाले जनाएको छ। त्यसैगरी ललितपूर, भक्तपुर र आसपासका जिल्लाबाट ऱ्याली सहितको सहभागीता रहने राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

प्रदर्शनमा सहभागीहरु भृकुटीमण्डपमा भेला हुने छन्। त्यसपछि शहरका विभिन्न भागको परिक्रमा गर्ने र सभा गर्ने राप्रपाले जनाएको छ। सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुले सम्बोधन गर्नेछन्।

देशभर साना ठूला सभा गर्दै आफ्नो मागका पक्षमा जनमत सिर्जना गरेको राप्रपाले आज काठमाडौँ केन्द्रीत प्रदर्शन गर्न लागेको हो 

राप्रपाले सरकारसमक्ष पेश गरेको ४० बँदे मागमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था हुनुपर्ने, सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दू अधिराज्य घोषणा गर्नुपर्ने, संगठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार– केन्द्र र अधिकारप्राप्त स्थानीय तह बनाउनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री रहने शासकीय व्यवस्था गर्नुपर्ने, कार्यकारी पदहरुमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी बस्न नपाउने संवैधानिक, कानुनी सुनिश्चितता गर्नुपर्ने लगायत छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .