ad ad

राजनीति


लुम्बिनीका मुख्यमन्त्री महरासँगै तीन मन्त्रीले लिए शपथ

लुम्बिनीका मुख्यमन्त्री महरासँगै तीन मन्त्रीले लिए शपथ

नेपालखबर
चैत २५, २०८० आइतबार १४:४७, काठमाडौँ

लुम्बिनी  प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन्।

शनिबार मुख्यमन्त्रीमा नियुक्त महराले राजधानी दाङ देउखुरीमा आइतबार प्रदेश प्रमुख अमिक शेरचनसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्। 

मुख्यमन्त्री महरासँगै तीनजना मन्त्रीले पनि शपथ लिएका छन्।

एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य, जसपाका भण्डारीलाल अहिर र  माओवादी केन्द्रका दीपेन्द्र पुनले मन्त्रीको शपथ लिएका हुन्।

उनीहरू सबैजनालाई विनाविभागीय मन्त्रीका रुपमा नियुक्त गरिएको हो।

लुम्बिनी प्रदेशमा माओवादी संसदीय दलका नेता महरा शुक्रबार मुख्यमन्त्री नियुक्त भएका थिए। 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले बिहीबार पदबाट राजीनामा दिएपछि महराले दाबी पेस गरेका थिए।

उनले शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 

उनलाई मुख्यमन्त्री बनाउन नेकपा एमालेका २९, माओवादीका १०, जनता समाजवादी पार्टीका ३, एकीकृत समाजवादी १ र एकजना स्वतन्त्र प्रदेशसभा सदस्यसहित ४४ जनाले हस्ताक्षर गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .