ad ad

राजनीति


राजसंस्था माग गर्दै राप्रपानिकट भूपू सैनिक सडकमा (तस्बिरहरू)

राजसंस्था माग गर्दै राप्रपानिकट भूपू सैनिक सडकमा (तस्बिरहरू)

नेपालखबर
चैत २५, २०८० आइतबार १४:५४, काठमाडौँ

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)मा आबद्ध राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनले काठमाडौंमा प्रदर्शन गरेको छ।

भूतपूर्व सैनिक र तिनको परिवारको हक हितका लागि भन्दै निकालिएको र्‍यालीमा उनीहरुले विभिन्न राजनीतिक माग अघि सारेका थिए।

भूपू संनिकहरूले राजसंस्था पुनर्वहाली हुनुपर्ने, हिन्दु राज्य कायम गरिनुपर्ने, संघीयता खारेजी गर्नुपर्नेलगायत माग राखे।

सेवा निवृत्त सैनिकहरूले राजनीतिक उद्देश्यका लागि सङ्गठित रूपमा सडकमा गरिएको मार्चपास भृकुटीमण्डप, सुनधारा, रत्नपार्क, पुतलीसडक हुँदै पदमोदय स्कुल अगाडि सभामा परिणत भएको थियो।

सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरू तथा अवकाशप्राप्त वरिष्ठ सैनिक अधिकारीहरूले सम्बोधन गरे।

राप्रपाले भने चैत २७ गते काठमाडौँ केन्द्रित जनप्रदर्शन गर्दै छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .