ad ad

राजनीति


बझाङ–१, प्रदेशसभा–१ मा कांग्रेसका अभिषेक सिंहको उम्मेदवारी दर्ता

बझाङ–१, प्रदेशसभा–१ मा कांग्रेसका अभिषेक सिंहको उम्मेदवारी दर्ता

नेपालखबर
चैत २४, २०८० शनिबार १५:२८, काठमाडौँ

आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि शनिबार उम्मेदवारहरूले मनोनयन दर्ता गरिरहेका छन्। 

दुई निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ एक पदका लागि निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको हो। 

त्यसमध्ये बझाङ–१ को प्रदेशसभा १ मा पनि उम्मेदवारहरू मनोनयन दर्ता गरिरहेका छन्। दिउँसो ३ बजेसम्म ६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

नेपाली कांग्रेसका तर्फबाट अभिषेक बहादुर सिंहले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। 

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री समेत रहेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि यहाँ वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। 

अभिषेक स्वं सिंहका जेठा छोरा हुन्। 

उनी नेपाली कांग्रेसका नेता कार्यकर्तासहितको ¥याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। 

उपनिर्वाचन हुने प्रतिनिधिसभातर्फको क्षेत्र इलाम–२ मा पनि उम्मेदवारहरू मनोनयन दर्ता गराइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .