राजनीति


इलाम–२ मा सुहाङको उम्मेदवारी दर्ता

इलाम–२ मा सुहाङको उम्मेदवारी दर्ता

नेपालखबर
चैत २४, २०८० शनिबार १४:३६, काठमाडौँ

आगामी वर्ष १५ वैशाखमा हुने उपनिर्वाचनका लागि वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन्। 

रवीन्द्र सुवेदी प्रस्तावक र धीरेन्द्र शर्मा रमण समर्थक बसेर शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सुहाङले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। 

सुवेदी एमालेबाट सोही क्षेत्रमा उम्मेदवारको आकांक्षी समेत थिए। धीरेन्द्र भने माओवादी केन्द्रबाट उम्मेदवारका लागि सिफारिस समेत भएका थिए। 

प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि यहाँ एमाले र माओवादीबीच निर्वाचनमा सहकार्य गर्ने समझदारी बनेको छ। 

सोही अनुसार दुवै दलको संयुुक्त बैठक बसेर सुहाङलाई निर्वाचन जिताउन अपिल समेत गरेका थिए। 

सोही अनुसार शनिबार दुवै दलका कार्यकर्ता र्‍यालीसहित सुहाङको उम्मेदवारी दर्ता कार्यक्रममा सहभागी भएका थिए।

बाजागाजासहित सुहाङ मनोनयनका लागि र्‍याली लिएर मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए।

त्यसअघि सुहाङले आजै इलामको भानु रत्न चोकको सहिद रत्नकुमार वान्तासहित बम वान्तवा र आदिकवि भानुभक्त आचार्यको आचार्यको सालिकमा माल्यापर्ण गरेका थिए। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .