इरानी राष्ट्रपति हसन रुहानीले आफूहरु दबाबका भरमा अमेरिकासँग वार्ताका लागि कहिल्यै तयार नहुने बताएका छन्।
आइतबार पत्रकार सम्मेलनमा बोल्दै रुहानीले मध्यपूर्वको सुरक्षाका लागि इरानको सहयोग अत्यावश्यक रहेको बताए।
‘दबाबका बीच इरान कहिल्यै पनि वार्ता गर्दैन। अमेरिकाको दबाबसँग कहिल्यै झुक्दैन। हामी कमजोर ठाउँमा उभिएर कहिल्यै वार्ता गर्ने छैनौँ,’ उनले भने, ‘अमेरिकाको ‘अधिकतम दबाब’ को नीति असफल हुनेछ।’
‘इरानको सहयोगबिन मध्यपूर्व र पर्सियन गल्फमा शान्ति र स्थायित्व असम्भव छ,’ उनले थपे।
3
Shares

प्रतिक्रिया