ad ad

राजनीति


अहिलेका असन्तुष्टिलाई समाजवादबाट मात्रै समाधान सकिन्छ : नेत्रविक्रम

अहिलेका असन्तुष्टिलाई समाजवादबाट मात्रै समाधान सकिन्छ : नेत्रविक्रम

नेपालखबर
चैत २०, २०८० मंगलबार १५:३६, काठमाडौँ

समाजवादी मोर्चाका संयोजक एवं नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले अहिलेका असन्तुष्टिहरुलाई नेपाली विशेषताको समाजवादबाट मात्रै समाधान गर्न सकिने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव रहेको उल्लेख गरे। उनले गणतन्त्रबाट विभिन्न उपलब्धि प्राप्त भएपछि पूर्ण हुन नसकेको जिकिर गरे।

उनले समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने? जनतालाई कसरी सुरक्षित गर्ने? भन्नेकुरा मुल कुरा बनाएर अघि बढाउन जरुरी रहेको बताए।

उनले समाजवादी मोर्चाले अस्थिरता ल्याउने नभइ स्थिरतातिर देशलाई अघि बढाउने दाबी गरे। उनले आज भइरहेका असन्तुष्टिहरु, समस्याहरुलाई राजनीतिक, आर्थिक, सामाजिक कुरालाई अग्रगामी ढंगले समाधान गर्न समाजवादी मोर्चाले भूमिका खेल्ने बताए।

नेता चन्दले भने, ‘हामीले विभिन्न उपलब्धि हाँसिल गरेको कुरा साँचो हो तर पूर्ण भएका छैनन्। पूर्ण नहुनुको अर्थ यो पनि हो की मानव जाति चुप लागेर कोही बस्दैनन्। श्रमीकहरु, उत्पीडितहरु, अधिकारको खोजि गर्ने शक्तिहरु कोही पनि चुप लागेर बस्दैनन्। प्रवृत्तिहरु बीचको टकराव हुनु स्वभाविक हो। हामी समाजवादीहरु, कम्युनिष्टहरु, कतातिरबाट अघि बढ्ने, कुन धारलाई हामीले जनताको बीचमा स्थापित गर्ने? जनतालाई कसरी सुरक्षित गर्ने? यो विषयमा हाम्रो समाजवादी मोर्चाले एउटा स्पष्ट दृष्टिकोण दिएको छ की आजका सबै समस्याको समाधान नेपाली विशेषताको समाजवादबाट मात्रै सम्भव छ। ’

नेपालका कानूनी, प्रशासनिक, रोजगारी, उद्योग लगायतका क्षेत्रका समस्याहरुको पहिचान गरी समाधान गर्नेतर्फ अग्रसर हुनुपर्ने बताए। उनले आगामी दिनमा नयाँ शासन व्यवस्था, अर्थ व्यवस्थाको बहसबारे छलफल हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .