ad ad

कर्णाली


कर्णाली प्रदेशसभा कार्यव्यवस्था समितिबाट विश्वासको मत लिने निर्णय पारित

कर्णाली प्रदेशसभा कार्यव्यवस्था समितिबाट विश्वासको मत लिने निर्णय पारित

नेपालखबर
चैत २०, २०८० मंगलबार १५:४०, सुर्खेत

कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मत लिने निर्णय पारित गरेको छ।

मंगलबार बिहान साढे ११ बजेदेखि बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो।

माओवादीले विश्वासको मतका विषयमा कुनै निर्णय नगरेका कारण बिहान ११ बजे बसेको कार्य व्यवस्था परामर्श समितिको बैठक २ बजेसम्मका लागि स्थगित भएको थियो।

मुख्यमन्त्री राजकुमार शर्माले लिने विश्वासको मतका विषयमा बसेको प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मत लिने नै निर्णय गरेको
कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उनले भने, ‘मुख्यमन्त्रीज्यूको विश्वासको मत लिने नै भएको थियो। सोही निर्णय नै कार्य व्यवस्था परामर्श समितिले पारित गरेको छ। तर, मुख्यमन्त्रीज्यूबाट विश्वासको मतको विषयमा रोक्नका लागि निर्देशन आएको खण्डमा निर्णय सच्चाउन सकिन्छ।’

यस्तै, मंगलबार दिउँसो ३ बजेबाट बस्ने भनिएको प्रदेशसभा बैठक पनि हालसम्म बस्न सकेको छैन।

यता, मुख्यमन्त्री शर्माको सरकारी निवासमा एमाले र माओवादीका नेताबीच दुई घण्टादेखि छलफल जारी रहेको छ भने हालसम्म कुनै सहमति बाहिर आएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .