ad ad

राजनीति


चीनले प्रस्तुत गरेका चुनौतीसँग जुध्न विश्व उठ्नुपर्छः अमेरिकी रक्षामन्त्री

चीनले प्रस्तुत गरेका चुनौतीसँग जुध्न विश्व उठ्नुपर्छः अमेरिकी रक्षामन्त्री

नेपालखबर
फागुन ४, २०७६ आइतबार ७:२९,

शनिबार एक कार्यक्रममा बोल्दै एस्परले चीनप्रतिको अमेरिकी चासो युरोपको पनि चासोको विषय हुनुपर्ने बताए।

उनले अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्दै भने,‘चीनले प्रस्तुत गरेको चुनौतीसँग जुुध्न एक बनौं।’

कोरोनाभाइरसको प्रकोप झेलिरहेको अवस्थामा एस्परको पछिल्लो भनाइ आएको हो।

चीनले लामो सययदेखि यथावत् नियम र कानुनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई आफू अनुकुल बनाउने प्रयास गरेको उनको आरोप छ।

अमरिकी रक्षामन्त्रालय पेन्टागनले चीनका गतिविधिलाई नजिकैबाट नियालिरहेको एस्परले बताए।

ट्रम्प प्रशासनले खतराको रुपमा हेरेको चिनियाँ प्रविधि कम्पनी हुवावेलाई प्रतिबन्ध गर्ने विषयमा अमेरिकाले युरोपलाई दबाब दिइरहेको पनि सो क्रममा एस्परले बताए।

अमेरिकाले हुवावेलाई चीन सरकारको जासुसीको माध्यम भएको आरोप लगाउँदै गर्दा हुवावेले दोहोर्याउँदै आरोपको खण्डन गरिरहेको छ।

केही समय अगाडिमात्र हुवावेको प्रविधि बेलायतले प्रयोग गर्ने निर्णय भएको छ।

चीनको बढ्दो आर्थिक, सैन्य र कूटनीतिक शक्ति धम्की र जबरजस्ती तबरमा प्रकट भएको एस्परको आरोप छ। अमेरिकाले यस्ता विषयमा अन्तर्राष्ट्रिय मापदण्डहरु पालना गर्न चीनलाई आह्वान गरेको छ।

एस्पर भन्छन्,‘अमेरिका चीनसँग द्वन्द्व चाहँदैन। तर यदी चीनले आफ्ना नीति र व्यवहार परिवर्त नगर्ने हो भने अमेरिका अन्तर्राष्ट्रिय समुदायको प्राथमिकता रहेको अन्तर्राष्ट्रिय नियमहरु रक्षा गर्न बाध्य हुनेछ।’ सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .