ad ad

राजनीति


रास्वपा पहिचानविरोधी होइन, एकपटक मिलनलाई परीक्षण गरौँ : रमेश प्रसाईं

रास्वपा पहिचानविरोधी होइन, एकपटक मिलनलाई परीक्षण गरौँ : रमेश प्रसाईं

नेपालखबर
चैत १७, २०८० शनिबार १४:२४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य रमेश प्रसाईंले आफ्नो पार्टी कहिल्यै पनि पहिचानविरोधी नभएको दाबी गरेका छन्। 

इलाम–२ का उम्मेदवारको औपचारिक घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार उनले मिलन लिम्बूले अघि सारेको पहिचानको मुद्दालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्न लाग्ने बताए। 

‘मिलन लिम्बूले अघि सारेका पहिचानका मुद्दामा के गर्छ भन्ने सुनेको छु। बहस गर्छ, पैरवी गर्छ, राष्ट्रिय राजनीतिमा स्थापित गर्छ। त्यसका लागि हामीले मिलनलाई अघि सारेका हौँ,’ उनले भने। 

उनले कुनै हालतमा आफ्नो पार्टी पहिचानविरोधी नभएको दाबी गरे। ‘रास्वपा कहिल्यैपनि पहिचानविरोधी होइन्। कुनैपनि हालतमा होइन,’ उनले भने। 

इलामको रुपान्तरणका लागि घण्टी चुनाव चिन्हको माग गरेको उनले बताए। 

‘मिलनलाई एक पटक परीक्षण गर्नुस्। आँखा चिम्लेर पत्याउने होइन, परीक्षण गर्नुस्,’ उनले भने, ‘उहाँले आफूले गर्न नसक्ने कुराको वचन दिनुहुन्नँ। उहाँले झुटा वाचा गर्नुहुन्नँ।’

यदी मिलनले वाचा पूरा गर्नुभएन भने अर्को पटक घण्टी निषेध गरिदिन पनि उनले मतदातालाई आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .