ad ad

राजनीति


‘भ्रष्टाचारीलाई त्यसै छाड्दैनौँ भन्नुहुन्थ्यो गृहमन्त्रीज्यू! त्यो भनेको समाएर छाड्ने हो?’

‘भ्रष्टाचारीलाई त्यसै छाड्दैनौँ भन्नुहुन्थ्यो गृहमन्त्रीज्यू! त्यो भनेको समाएर छाड्ने हो?’

नेपालखबर
चैत १४, २०८० बुधबार १२:५४, काठमाडौँ

सांसद हृदयराम थानीले भ्रष्टाचार सबै फाइल खोल्ने गृहमन्त्रीको योजनाबारे स्पष्टीकरण मागेका छन्। 

राज्यव्यवस्था समितिको बुधबारको बैठकमा उपस्थित भएका गृहमन्त्री रवि लामिछानेसँग थानीले सबै कालखण्डका फाइल कहिले खुल्छन् भनी प्रश्न गरेका हुन्। 

‘सबैकाल खन्डका भ्रष्टाचारका फाइल खोल्ने भन्ने भनिएको छ। सचिवालय नै सुन काण्डमा मुछिएको छ भन्ने सुनिएको छ’, उनले भने, ‘गिरिबन्धु टी स्टेटमा तपाईंको कुरा के हो? यति, वाइडबडी लगायत धेरै छन्।’

थानीले गृहमन्त्रीले भ्रष्टाचारमा संलग्न कसैलाई पनि त्यसै नछाड्ने भनेको स्मरण गराउँदै केही दिनअघि महरा छुट्दा राज्यको करुणा हुन्छ भनेकोबारे पनि प्रश्न उठाए। 

‘हामी त्यसै छाडदैनौँ भन्नुहुन्थ्यो गृहमन्त्रीज्यू! त्यो भनेको समाएर छाड्ने भनेको हो कि के हो?’, गृहमन्त्रीलाई उनले सोधे, ‘राज्यको करुणा हुन्छ भन्नुभयो सबै कुरा तजबिजमा जानुभयो भने समस्या हुनसक्छ।’ 

अघिल्लो कार्यकालमा निर्मला पन्तको घटनामा न्याय दिन्छौँ भनेकोमा पनि उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

‘त्यतिबेला धेरै समय बस्न पाउनुभएन। अहिले त्यसलाई कसरी हेर्नुभएको छ?’, उनले भने, ‘न्याय दिन सक्नुहुन्छ? गडबड भयो भने गृहमन्त्रीज्यू जसरी तपाईं पड्किनुहुन्थ्यो त्योभन्दा धेरै हामी पड्किनुपर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .