ad ad

राजनीति


गठबन्धन झगडा गरेर सकिन्छ, कांग्रेस फेरि सत्तामा फर्किन्छ : प्रदीप पौडेल

गठबन्धन झगडा गरेर सकिन्छ, कांग्रेस फेरि सत्तामा फर्किन्छ : प्रदीप पौडेल

तस्बिर : सरोज बैजु


नेपालखबर
चैत १३, २०८० मंगलबार १६:६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तारुढ गठबन्धन आफैँ झगडा गरेर सकिने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित ‘नेपालको लोकतान्त्रिक आन्दोलन र नवीन्द्रराज जोशी’ विषयक अन्तरक्रियामा उनले अहिले सत्तारुढ गठबन्धन स्थायी नहुने बताए। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको अहिलेको गठबन्धन नटिक्ने भएकाले कांग्रेसलाई फेरि मुलुकले सत्तामा पुर्‍याउने जिकिर उनले गरे।

कांग्रेसका लागि सत्ता ठूलो नभएको बताएका उनले सत्तामा पुगेपछि देश र जनताको पक्षमा गर्ने कामको दृष्टिकोण अहिलेबाटै बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।

‘कांग्रेसका लागि सत्ता ठूलो होइन। पर्खेर बसौँ-कांग्रेसलाई देशले फेरि सत्तामा पुर्‍याउँछ। त्यसका लागि हतार नगरौँ। अहिलेको गठबन्धन चीरस्थायी हुँदैन। चिरञ्जीवी हुँदैन', उनले भने, 'उहाँहरू आफैंमा झगडा गरेर यो गठबन्धन सकिनेछ।'

उनले कांग्रेस सत्तामा फर्किने अवस्थामा किन जाने हो, के गर्न जाने हो, कुन कुन क्षेत्रमा कसरी काम गर्ने हो? प्रष्ट हुनुपर्ने उनले बताए।

‘अहिलेका बेथिति अन्त्य कसरी गर्ने हो? त्यसको फेहरिस्त हामीसँग हुनुपर्छ। त्यसैले ब्लुप्रिन्ट तयार गर्न लागौँ। नेपालको समृद्धि हामीले कसरी गर्दै छौँ?', उनले भने, 'नेपालमा सुशासन कसरी कायम गर्दैछौँ? नेपालका तमाम शैक्षिक संस्थामा हामीले कसरी सुधार गर्दैछौँ? नेपालको स्वास्थ्य क्षेत्रमा सामान्य मानिसहरूको पहुँच कसरी स्थापित गर्दैछौँ? वैदशिक रोजगारीको बाध्यतालाई कसरी घटाएर लाँदैछौँ? यी विषयमा हामीले स्पष्ट दृष्टिकोण बनाउनु पर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .