ad ad

राजनीति


केजरीवाल पक्राउको विरोधमा आज प्रधानमन्त्री मोदीको सरकारी निवास घेराउ गर्दै ‘आप’

दिल्ली प्रहरीले दिएको छैन अनुमति
केजरीवाल पक्राउको विरोधमा आज प्रधानमन्त्री मोदीको सरकारी निवास घेराउ गर्दै ‘आप’

नेपालखबर
चैत १३, २०८० मंगलबार ९:३८, काठमाडौँ

आफ्नो नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउको विरोधमा आज आम आदमी पार्टी (आप) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास घेराउ गर्ने घोषणा गरेको छ।

मदिरासम्बन्धी नीति प्रकरणमा मुख्यमन्त्री केजरीवाल हाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा छन्। 

त्यसको विरोधमा आम आदमी पार्टीका नेता/कार्यकर्ताले आज नयाँ दिल्लीको लोककल्याण मार्गस्थित प्रधानमन्त्री निवास घेराउ गर्ने भएका हुन्। 

तर दिल्ली प्रहरीले विरोध प्रदर्शनका लागि अनुमति नदिएको समाचार एजेन्सी एएनआईले जनाएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार प्रधानमन्त्री निवास वरिपरि सीआरपीसी को धारा १४४ लगाइएको छ। पटेल चोक मेट्रो स्टेसननजिकै सुरक्षा व्यवस्था कडा पारिएको छ।

दिल्ली ट्राफिक पुलिस अधिकारीले यस अवधिमा नयाँ दिल्ली र मध्य दिल्लीका धेरै स्थानमा यातायात प्रभावित हुन सक्ने बताएका छन्।

आम आदमी पार्टीले आइतबार पनि विरोध प्रदर्शन गरेको थियो। दिल्लीका मन्त्री गोपाल राईले केजरीवाललाई गिरफ्तार गरिएकामा नागरिक आक्रोशित भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .