ad ad

राजनीति


च्यासलमा एमाले सचिवालय बैठक, एजेन्डामा उपनिर्वाचन पनि

च्यासलमा एमाले सचिवालय बैठक, एजेन्डामा उपनिर्वाचन पनि

च्यासलमा आइतबार सुरु एमाले सचिवालय बैठक।


नेपालखबर
चैत ११, २०८० आइतबार १२:२, काठमाडौँ

सत्तारुढ दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही बेरअघि सुरु भएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

साथै राष्ट्रिय प्रतिनिधि परिषद् बैठक तयारीका विषयमा पनि छलफल हुने छ। 

परिषद्‌को बैठक सकिएलगत्तै वैशाख १० गते पार्टी स्थापनाको ७५औँ दिवसको अवसरमा विशेष समारोहको आयोजना गर्ने एमालेको तयारी छ।

आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनको तयारीका बारेमा पनि आजको बैठक छलफल हुनेछ।

निर्वाचन आयोगले वैशाख १५ गते दुई क्षेत्रमा निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

जसअनुसार प्रतिनिधि सभाका लागि इलाम क्षेत्र नम्बर २ र प्रदेशसभाका लागि बझाङ १ (क) मा निर्वाचन हुँदै छ।

इलाम २ बाट निर्वाचित स्व. सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएसँगै पद रिक्त छ। उता बझाङ १ (क) बाट निर्वाचित सुदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ५ गते दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त छ।

एमालेले लगातार जितेको सो क्षेत्रमा एमालेले नेम्वाङ पुत्र सुहाङलाई उम्मेदवार बनाउने तयारी गरेको छ।

जिल्ला र प्रदेशबाट सुहाङसहित ६ जनाको नाम केन्द्रमा सिफारिस गरिएका छन्। सोहीअनुसार आज एमाले सचिवालय बैठकमा छलफल गरेर निर्णय लिने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .