ad ad

राजनीति


जो मोदीविरुद्ध चुनाव लड्दै छन्

जो मोदीविरुद्ध चुनाव लड्दै छन्

नरेन्द्र मोदी र अजय राय


नेपालखबर
चैत ११, २०८० आइतबार १०:३०, काठमाडौँ

भारतीय कांग्रेसले शनिबार लोकसभा चुनावका लागि उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ।

सूचीमा ४५ जना उम्मेदवारको नाम छ। सूचीअनुसार अजय राय वाराणसी सिटबाट फेरि चुनाव लड्ने भएका छन्। 

वाराणसी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संसदीय सिट हो। जसका कारण अजय राय चर्चामा छन्।

अजय राय सन् २०१४ र २०१९ को चुनावमा पनि वाराणसीबाट प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उभिएका थिए तर दुवैपटक असफल भए।

अजय रायले आफ्नो राजनीतिक करियर राष्ट्रिय स्वयंसेवक संघको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद्‌बाट सुरु गरेका थिए।

१९९६ देखि २००७ सम्म उनले भाजपाको टिकटमा कोलासा विधानसभा क्षेत्रबाट चुनाव जिते। तर लोकसभाको टिकट नपाएपछि उनी समाजवादी पार्टीमा प्रवेश गरेका थिए।

पाँचपटक विधायक बनेका अजय राय २०१२ मा कांग्रेसमा प्रवेश गरेका थिए। पार्टीले उनलाई पिन्द्रा विधानसभा क्षेत्रबाट टिकट दियो र उनले चुनाव जिते।

तर २०१७ मा कांग्रेस उम्मेदवारका रूपमा उनले यस सिटमा हारे। अजय राय गत वर्ष अगस्टमा यूपीमा कांग्रेसको अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .