राजनीति


कांग्रेसको अडान– गृहमन्त्रीको राजीनामा बाहेक अन्य टालटुलले मान्दैनौँ

कांग्रेसको अडान– गृहमन्त्रीको राजीनामा बाहेक अन्य टालटुलले मान्दैनौँ

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १२:४८, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा भन्दा बाहेक अन्य कुनै विकल्प नभएको बताएको छ। 

मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद दिपक गिरीले कुनै हालतमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताए। 

सहकारी ठगीको आरोपमा मुद्दा परेको विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै त्यसले छानबिन निष्पक्ष हुने कुरामा प्रश्न उठाएको कांग्रेसको तर्क छ। 

‘अतः उहाँले राजीनामा दिनैपर्छ भन्ने हाम्रो मनसाय छ। पुनः स्वार्थको द्वन्द्व हुनेगरी रविलाई गृहमन्त्री किन नियुक्त गर्नुभयोरु बढो संसयजनक छ,’ गिरीले मंगलबारको बैठकमा भने। 

गृहमन्त्री लामिछानेले दोहोरो नागरिकताको विषयमा महान्यायाधीवक्ता कार्यालयले रोक्दा लामिछानेले सरकारले रोक्नुनपर्ने भन्नुपर्ने सांसद गिरीको भनाइ छ। 

‘दोहोरो नागरिकताको विषयमा जो महान्यायाधीवक्ता कार्यालयले रोक्यो। उहाँले भन्न सक्नुपर्थयो, सरकारले रोक्नुपर्दैन भनेर,’ उनले अघि भने, ‘हाम्रो एउटै विकल्प हो, त्यो राजीनामा नै हो। राजीनामा भन्दा बाहेक केही विकल्प छैन। कुनै टालटुलले हुनेवाला छैन।’

पीडितहरूले उजुरी दिएपछि रविमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको उल्लेख गर्दै उनले जसरी पनि गृह नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले यसमा बदनियत देखिने सांसद गिरीको तर्क छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .