राजनीति


कांग्रेस सांसद गिरीको प्रश्न– दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नपर्ने?

कांग्रेस सांसद गिरीको प्रश्न– दीपेश पुन पक्राउ पर्दा रवि लामिछाने किन नपर्ने?

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार १२:५१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दीपक गिरीले बहालवाला गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै तत्काल पदबाट राजीनामा दिनुको विकल्प नभएको बताएका छन्। 

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै उनले पोखराको सूर्यदर्शन सहकारी पीडितको पक्षबाट बोलेका थिए। उनले रास्वपा सभापति रवि लामिछाने र दीपेश पुनविरुद्ध उजुरी दिएको भए पनि पुन पक्राउ पर्दा लामिछाने पक्राउ नपरेको भन्दै प्रश्न गरे। 

‘पोखराको सूर्यदशर्न सहकारी पीडितहरुको पक्षबाट बोल्न चाहन्छु। बचतकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र दिपेश पुनविरुद्ध उजुरी दिएका थिए। दिपेश पुन गिरफ्तार भए,’ सांसद गिरीले अघि भने, शतर, रवि लामिछानेले गृहमन्त्रीजी अझै ठूलो पद पाउनुभएको छ। जो अनुसन्धानमा हुनुपर्ने हो उहाँ गृहमन्त्री हुनुहुन्छ। तसर्थ, हामी उहाँको राजीनामा माग गर्दछौं।’

सहकारी ठगीको आरोपमा मुद्दा परेको विवादित व्यक्तिलाई मन्त्री बनाएको भन्दै त्यसले छानबिन निष्पक्ष हुने कुरामा प्रश्न उठाएको कांग्रेसको तर्क छ। 

‘अतः उहाँले राजीनामा दिनैपर्छ भन्ने हाम्रो मनसाय छ। पुनः स्वार्थको द्वन्द्व हुनेगरी रविलाई गृहमन्त्री किन नियुक्त गर्नुभयो? बढो संसयजनक छ,’ गिरीले मंगलबारको बैठकमा भने। 

पीडितहरूले उजुरी दिएपछि रविमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको उल्लेख गर्दै उनले जसरी पनि गृह नै चाहिन्छ भनेर सरकारमा सामेल हुनुले यसमा बदनियत देखिने सांसद गिरीको तर्क छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .