ad ad

राजनीति


गृहमन्त्री रविलाई गगनको प्रश्न– सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने?

गृहमन्त्री रविलाई गगनको प्रश्न– सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्ने?

नेपालखबर
चैत ५, २०८० सोमबार ११:५६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी ठगीमा जोडिएका गृहमन्त्रीबाट निष्पक्ष छानबिन हुन्छ भन्नेमा विश्वास नभएको बताएका छन्। 

सोमबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद थापाले सुप्रिम, इमेज, शिवदर्शनजस्ता सहकारीको पैसा फिर्ता गराउनुपर्ने बताए। 

‘सुप्रिम, इमेज, शिवदर्शन जस्ता सहकारीको पैसा फिर्ता गराउन सक्ने कि नसक्नेरु,’ उनले प्रश्न गरेका छन्। 

सहकारीमा जसले ठगी गरेको छ एउटा पनि प्रमाण नष्ट नहोस् भनेर आफूहरूले आवाज उठाउँदै आएको उनको भनाइ छ। 

‘जो मुछिएको छ उसले कसरी अनुसन्धान गर्छरु,’ लामिछानेप्रति इंकित गर्दै उनले भने, ”गृहमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु, यो विषय यहीँ टुंग्याउन दिँऔँ। नखाएको विष लाग्न हुँदैन। त्यो पीडा मैले पनि भोगेको छु।’

तर, विष खाएको भेटिएमा जसरी पनि लागेरै छाड्ने उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .