ad ad

राजनीति


निर्वाचन आयोगविरुद्ध तमलोपाको रिट प्रधान्यायाधीशको इजलासमा ‍

निर्वाचन आयोगविरुद्ध तमलोपाको रिट प्रधान्यायाधीशको इजलासमा ‍

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १२:५५, काठमाडौँ

नाम फेर्न निर्वाचन आयोगले दिएको निर्देशनविरुद्ध तराई-मधेश लोकतान्त्रिक पार्टीले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजालसमा सुनुवाइ हुने भएको छ।

तराई-मधेश लोकतान्त्रिक पार्टीले नाम परिवर्तन गर्न भनी निर्वाचन आयोगबाट दिइएको निर्देशनविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा रिट हालेको थियो। 

उक्त रिटको आइतबार प्रधान न्यायाधीश श्रेष्ठको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। 

निर्वाचन आयोगमा राजनीतिक दल दर्ता नं. १७५ रहेको तमलोपाको तर्फबाट अध्यक्ष वृशेष चन्द्र लालले निर्वाचन आयोगसहित ५ जनालाई विपक्षी बनाउँदै रिट हालिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .