राजनीति


दिल्ली उडिन् आरजु राणा

दिल्ली उडिन् आरजु राणा

नेपालखबर
चैत २, २०८० शुक्रबार २०:१७, काठमाडौँ

कांग्रेस सांसद आरजु राणा अकस्मात् भारतको राजधानी नयाँ दिल्ली उडेकी छन्। उनी साँझ ५ बजेको एयर भिस्ताराको उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन्।

उनी किन दिल्ली गएकी हुन् भनेर केही खुलाइएको छैन।  

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु केही दिनअघि मात्र भारतबाट फर्केकी थिइन्। उनी भारतमै छँदा नेपालमा सत्तासमीकरण फेरिएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुन २१ गते कांग्रेसलाई हटाएर एमाले तथा रास्वपालाई सरकारमा भित्र्याएका थिए। 

उनले शुक्रबार नै बाँदर नियन्त्रणसम्बन्धी अध्ययन गर्न आइतबार भारत प्रस्थान गर्न लागेको प्राविधिकहरूको टोलीलाई बिदाइ गरेकी थिइन्।

उनी प्रतिनिधि सभाको कृषि समितिकी सभापति पनि हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .