ad ad

राजनीति


सुन प्रकरण छानबिनमा कांग्रेस सांसद पौडेलले दिए एमालेलाई धन्यवाद!

सुन प्रकरण छानबिनमा कांग्रेस सांसद पौडेलले दिए एमालेलाई धन्यवाद!

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार १२:४०, काठमाडौँ

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोगका लागि मुख्य भूमिका खेलेकोमा नेकपा एमालेलाई धन्यवाद दिएका छन्।

प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा आफ्ना भनाइ राख्दै उनले सुन तस्करीको छानबिन राज्यका नियमित संयन्त्रबाट हुन नसक्ने निष्कर्षसहित एमालेले उच्चस्तरीय जाँचबुझ आयोग बनाउन दिएको दबाबलाई लिएर धन्यवाद दिएका हुन्। 

पौडेलले ठूला ठूला व्यक्तिसमेत संलग्न रहेको भनिएको यो प्रकरणमा उच्चस्तरीय जाँचबुझ आयोग बनेकै कारण गहिरो गरी छानबिन हुन सकेको बताए। 

‘सुन प्रकरण छानबिनका लागि एमालेले उच्चस्तरीय जाँचबुझको माग गरेको थियो। त्यसमा लागि म एमालेलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘एमालेसँगै त्यसबेला सत्तारुढ दलको सांसदका रुपमा पनि मैले कुरा उठाएको थिएँ। सुन प्रकरणमा प्रहरीले राजनीतिक नेतृत्वलाई छानबिनमा ल्याउन नसक्ने पुष्टि भयो। यो कुरा गृहमन्त्रीले पनि स्वीकारर्नुभयो। प्रमाणहरू नष्ट गरिएका थिए। यद्यपि जाँचबुझ आयोग गठनको निर्णय उचित थियो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .