राजनीति


गठबन्धनको न्यूनतम् साझा कार्यक्रमपछि मात्रै प्रदेश सरकार हेरफेर हुने

गठबन्धनको न्यूनतम् साझा कार्यक्रमपछि मात्रै प्रदेश सरकार हेरफेर हुने

फाइल तस्बिर


नेपालखबर
चैत १, २०८० बिहिबार १९:३०, काठमाडौँ

सत्ता गठबन्धनले सरकारको न्यूनतम् साझा कार्यक्रम पारित भएपछि मात्रै प्रदेश सरकार बाँडफाँट गर्ने भएका छन्।

फागुन २१ गते बनेको पाँच दलीय सत्ता गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रम दुई दिनभित्र तयार पार्ने गरी काम भइरहेको छ।

न्यूनतम् साझा कार्यक्रम बनाउन गठबन्धनबाट पाँचै दलका नेताहरू रहेको एक कार्यदल खटिएको छ।

‘अबको दुई दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रम तयार हुन्छ,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘अनि प्रदेश सरकार हेरफेरको गृहकार्य सुरु हुन्छ।’

फागुन २१ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहितको नयाँ गठबन्धन बनेको हो।

केन्द्रमा सत्ता फेरबदल भएसँगै प्रदेशमा पनि त्यसको असर परेको छ। प्रदेशमा अहिले कांग्रेसको नेतृत्वमा रहेका सरकारलाई बिदा गर्ने तयारी भएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .