ad ad

राजनीति


रास्वपा नेताहरूलाई कांग्रेस सांसद यादवको प्रश्न : १७ हजार प्लस २ कसरी शून्य भयो?

रास्वपा नेताहरूलाई कांग्रेस सांसद यादवको प्रश्न : १७ हजार प्लस २ कसरी शून्य भयो?

तस्बिर : नेपालखबर


नेपालखबर
चैत १, २०८० बिहिबार १४:१७, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद नागिना यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई माओवादी द्वन्द्वका कारण मारिएका १७ हजार जना नागरिकको हिसाबलाई लिएर प्रश्न गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘सरकारमा गएपछि १७ हजार प्लस दुई कसरी शून्य भयो?’ भन्दै रास्वपा सांसदहरूलाई प्रश्न गरेकी हुन्। 

रास्वपाकी सांसद डा. तोसिमा कार्कीले गत पुस १३ गते ललितपुरको बालकुमारी २ जनाको ज्यान जाने गरी भएको घटनापछि सरकारविरुद्ध बोकेको प्लेकार्डलाई लिएर यादवले कटाक्ष गरेकी हुन्। 

‘मलाई थाहा छ, उहाँहरू गणितमा कमजोर हुनुहुन्छ। एक पटक उहाँहरूले प्लेकार्ड बोकेर हिँड्नुहुन्थ्यो, १७ हजार प्लस दुई। अब सरकारमा गएपछि १७ हजार प्लस दुई भनेको शून्य भएको छ। एलचएस बराबर आरएचएस शून्य कसरी भयो?’ उनले सोधिन्।

बालकुमारी घटनामा दुईजना युवकको मृत्यु भएपछि तोसिमा १७ हजार प्लस २ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा देखिएकी थिइन्। तोसिमाको उक्त गतिविधिको पक्ष विपक्षमा त्यसबेला जनमत देखिएको थियो।

नेतृ यादवले रास्वपाका अर्का सांसद डा. स्वर्णिम वाग्लेलाई कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको बताइन्। उनले डा. वाग्लेलाई ‘तपाईंजस्ता विद्वान कांग्रेसभित्र धेरै छन्’, भन्दै विश्वास नलागे संसद्ले प्रकाशन गरेको सांसद डायरी हेर्न सुझाइन्।

डा. वाग्लेले कांग्रेसबाट धेरै नियुक्ति, सुविधा दिएर पनि एउटा टिकटको निम्ति पार्टी परित्याग गरेको उनले बताइन्। वाग्लेले कांग्रेसबाट धेरै नियुक्ति र सुविधा पाउँदा पनि पर्खिन नसकेको आरोप उनले लगाइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .