ad ad

राजनीति


राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

राष्ट्रिय सभा कांग्रेस संसदीय दलको नेतामा सिटौला मनोनीत

नेपालखबर
फागुन २६, २०८० शनिबार १८:५३, काठमाडौँ

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनीत भएका छन्। उनलाई शनिबार पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा मनोनयन गरेका हुन्। 

देउवाका निजी सचिव केशवराज जोशीले संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित २०७४) को धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको जानकारी गराएका छन्। 

सिटौला गत माघमा भएको राष्ट्रिय सभा निवाचनमा कोसी प्रदेशको अन्य तर्फबाट निर्वाचित भएका थिए। 

यसअघिका राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी थिए। उनको ६ वर्षको अवधि पूरा गरेर बिदा भएपछि उक्त पद खाली थियो। 

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउनेगरी यसअघिको सत्ता गठबन्धनमा सहमति थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन तोडेसँगै सिटौलालाई अध्यक्ष बन्न बहुमत नपुग्ने भएको छ। 

तर, सभापति देउवा निवास बूढानीलकण्ठमा शनिबार बिहान बसेको पदाधिकारी तथा केही पूर्वपदाधिकारीको बैठक अध्यक्षमा उम्मेदवारी दिनुपर्ने सैद्धान्तिक निर्णय गरेको छ। 

सो निर्णय अनुसार सिटौलालाई नै उम्मेदवार बनाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .