राजनीति


रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक

नेपालखबर
फागुन २६, २०८० शनिबार १७:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ। आगामी फागुन २८ (सोमबार) का लागि केन्द्रीय कमिटीको बैठक बोलाइएको पार्टीकी सांसद सोविता गौतमले जानकारी दिइन्।

उनका अनुसार आगामी वैशाख १५ गतेका लागि तय भएको उपनिर्वाचनबारे छलफल गर्नका लागि बैठक बोलाइएको हो। 

‘उपनिर्वाचनका लागि छलफल गर्नुपर्ने छ। त्यसैका लागि बैठक बोलाइएको हो,’ सांसद समेत रहेकी केन्द्रीय सदस्य गौतमले भनिन्।

रास्वपाले इलाम–२ को निर्वाचनका लागि तयारी थालिसकेको छ। सो क्षेत्रबाट उठ्ने उम्मेदवारबारे छलफल गर्न पार्टी बैठक बोलाइएको हो। 

इलाम–२ मा रास्वपाले चुनावी कमाण्डर पनि खटाइसकेको छ। त्यहाँ पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी खटिएका छन्। 

यस्तै, रास्वपाले ६ जना सांसदलाई इलाम पठाएर जनभावना बुझ्ने काम गरेको थियो। सांसदहरूले बुझेर ल्याएको जनभावनाको ‘सर्भे’बारे पार्टी बैठकमा छलफल हुने गौतमको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .