राजनीति


कांग्रेसले भन्यो- नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ, जनमतको पनि अपमान

कांग्रेसले भन्यो- नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ, जनमतको पनि अपमान

नेपालखबर
फागुन २४, २०८० बिहिबार १३:३१, काठमाडौँ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए। 

चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताए।

‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने।

व्यक्तिगत रुपले हाम्रो सम्बन्ध यथावत रहेको भन्दै उनले भने, ‘यो सदनमा रहेका सबैप्रति मेरो व्यक्तिगत सम्मान छ। सबै साथीका प्रति सम्मान छ।’

राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको आरोप लगाए। 

‘अरु कुरा पनि चाहिन्छ भनेर उहाँले भनेको स्वीकार गर्दै प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो निष्कर्ष हो,’ उनले भने। 

‘नेपाली जनताको जनमतको अपमान गर्दै तथाकथित कारण निकाल्दै, अविश्वसनीय काम गरियो त्यसलाई कठोरतापूर्वक, निर्ममतापूर्व भन्नैपर्यो, यो राजनीतिक बेइमानी हो। भनिएको हो।’

उनले प्रधानमन्त्री प्रचण्डले सुनेको निष्कर्ष सहि भएको पनि बताए। आजै बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डले राजनीतिक बेइमान गरेको निष्कर्ष निकालेको थियो। 

सो बारे संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जिज्ञासा राखेका थिए। 

उनको जिज्ञासा मेटाउँदै लेखकले भने, ‘प्रधानमन्त्रीज्यूले आज बिहान जे सुन्नुभयो त्यो सत्य हो। राजनीतिक इमान भएन, त्यही भएर बेइमानी भनिएको हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .