ad ad

राजनीति


कांग्रेसको आरोप : प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे

‘गठबन्धन तोड्न देखाइएका कारण काल्पनिक’
कांग्रेसको आरोप : प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरे

नेपालखबर
फागुन २४, २०८० बिहिबार १२:१८, काठमाडौँ

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरण बनाउँदा देखाएका कारण काल्पनिक भएको टिप्पणी गरेको छ। 

बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठकले नयाँ सत्ता समीकरण बनाएर प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ। 

प्रधानमन्त्री प्रचण्डले गठबन्धन तोड्नुपर्दाका कारणलाई काल्पनिक, कपोलकल्पित र तथाकथित रूपमा आफ्नो पार्टीले लिएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखेकले जानकारी दिए।

‘प्रधानमन्त्री पुष्पकमल दाहालजीले गठबन्धनलाई विश्वासघात गर्नुभयो र गठबन्धन भत्काउनुभयो। उहाँले जुन कारणहरू भनिरहनुभएको छ ती अत्यन्त काल्पनिक, कपोलकल्पित र तथाकथित कारण देखाउनुभयो। यसलाई हामीले राजनीतिक बेइमानीका रूपमा ठहर गरेका छौँ,’ लेखकले भने। 

कांग्रेसले गठबन्धनप्रति इमानदारिता देखाएको पनि दाबी गरे। प्रधानमन्त्री प्रचण्डले गठबन्धन भत्काएर मुलुकलाई अस्थिरता, अन्योल र अनिश्चिततातर्फ लगेको उनले दाबी गरे।

साथै कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थन फिर्ता लिने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .