राजनीति


हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी

हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयको जिम्मेवारी

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १४:४९, काठमाडौँ

विनाविभागीय मन्त्रीका रुपमा सोमबार पद तथा गोपनीयताको शपथ लिएका नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङको मन्त्रालय टंगो लागेको छ।

उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी दिइएको माओवादी निकट स्रोतले जानकारी दियो। 

यसअघि गत सोमबार उनलाई मन्त्री नियुक्त गरिएको थियो। उनले बिनाविभागीय मन्त्रीका रुपमा शपथ गरिसकेका छन्। 

यसअघि पर्यटनमन्त्री माओवादी केन्द्रकै सांसद सुदन किराती थिए। माओवादीबाट यसअघि मन्त्री बनेका सबै दोहोरिँदा किराती भने आउट भए। 

उनको ठाउँमा नुवाकोटका सांसद तामाङलाई मन्त्री बनाइएको हो। 

तामाङ दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि उनले खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेर काम गरेका थिए। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै चहानामा उनलाई मन्त्री बनाइएको हो।

ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित सार्वजनिक कार्यक्रममार्फत नै प्रचण्डले बागमतीबाट तामाङ समुदायले मन्त्री पाउने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .