राजनीति


दुईवटा मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

दुईवटा मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

फाइल तस्बिर


नेपालखबर
फागुन २३, २०८० बुधबार १४:१५, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी पनि सरकारमा जाने भएको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर नयाँ गठबन्धन सरकारमा जाने निर्णय गरेको हो। 

सचिवालय बैठकको निर्णयअनुसार समाजवादीले सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्को एक मन्त्रालय लिने भएको छ।

समाजवादी उपमहासचिव डा. विजय पौडेलले सचिवालय बैठकमा नयाँ गठबन्धनमा मिसिँदै सरकारमा जानेबारे छलफल भइरहेको नेपालखबरलाई बताएका छन्।

यसअघि नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन सरकारमा पनि समाजवादीले २ मन्त्री र १ राज्यमन्त्री लिएको थियो। 

तत्कालीन गठबन्धन सरकारमा बेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री थिए। उता नन्दा चपाईँ भौतिक राज्यमन्त्रीको भूमिकामा थिइन्। 

मंगलबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोटेश्वरमा पुगेर समाजवादी अध्यक्ष नेपालसँग २ घण्टा वार्ता गरेका थिए।

उक्त वार्तामा भएको सहमतिअनुसार समाजवादीले बुधबार सचिवालय बैठक राखेर नयाँ गठबन्धनमा सामेल हुँदै सरकारमा पनि जाने निर्णय लिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .