राजनीति


मन्त्रालय भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

मन्त्रालय भागबन्डा गर्न नयाँ गठबन्धनको बैठक बस्दै

फाइल तस्बिर


नेपालखबर
फागुन २२, २०८० मंगलबार ८:३६, काठमाडौँ

नेकपा एमाले सम्मिलित चार दलीय नयाँ सत्ता गठबन्धनको बैठक आज (मंगलबार) पनि बस्दै छ।

एमालेका एक नेताका अनुसार अहिले बिहान ९ बजे बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूकौ बैठक बस्नेछ। 

‘लगत्तै (बिहान) ११ बजे कार्यदलको बैठक बस्नेछ’ उनले भने। 

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको नेतृत्वमा सोमबार मात्र एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको गठबन्धन बनाई मन्त्रिपरिषद् पुनर्गठनसमेत भइसकेको छ।

तर मन्त्रालय बाँडफाँटका विषयमा निर्णय गर्न बाँकी छ। त्यसका लागि सोमबारै चार सदस्यीय कार्यदल गठन गरिएको छ।

जसमा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादी उपमहासचिव वर्षमान पुन ‘अनन्त’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छन्।

सोमबार चार सदस्यीय सानो मन्त्रिमण्डल गठन गरिए पनि मन्त्रालय तोक्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad