राजनीति


न्यू ह्याम्पसायरमा चुनाव जितेसँगै स्यान्डर्सले भनेः यो जित ट्रम्पको अन्त्यको सुरुवात हो

न्यू ह्याम्पसायरमा चुनाव जितेसँगै स्यान्डर्सले भनेः यो जित ट्रम्पको अन्त्यको सुरुवात हो

नेपालखबर
माघ २९, २०७६ बुधबार ७:१४,

पछिल्लो नतिजाले पार्टीका वरिष्ठ सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडेन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने वा नहुने भन्नेमा अन्यौल खडा भएको छ।

अधिकाँश मतगणना भइसक्दा पार्टीमा प्रगतिशील धारको नेतृत्व गर्ने स्यान्डर्सले २६ प्रतिशत मत प्राप्त गरे। यही राज्यमा स्यान्डर्सले सन् २०१६ मा हिलारी क्लिन्टनलाई पनि पराजित गरेका थिए।

एनबीसी र एबीसीले आफ्नो पक्षमा नतिजा आएको बताएलगत्तै स्यान्डर्सले उत्साहित समर्थकहरूलाई सम्बोधन गर्दै भने, “न्यू ह्याम्पसायरका जनतालाई ठूलो जितका लागि धन्यवाद दिन चाहन्छु।”

“यो विजय डोनाल्ड ट्रम्पको अन्त्यको शुरुवात हो,” छिमेकी राज्य भर्मोन्टका सिनेटर स्यान्डर्सले भने। स्यान्डर्सले न्यायपूर्ण कर प्रणाली र स्वास्थ्य सेवा सुधारका कार्यलाई अब कसैले रोक्न नसक्ने बताए।

दोस्रो स्थानमा रहेका इण्डियाना राज्यका पूर्व मेयर पीट बुटिगीगले २४ प्रतिशत मत पाए। उनी आगामी अझ कठिन राज्यहरुमा पनि चुनावी मैदानमा स्यान्डर्ससँग भिड्ने योजनामा छन्।

“अब हाम्रो अभियान नेभाडा, दक्षिण क्यारोलिना हुँदै देशका कुनाकाप्चासम्म विस्तार हुनेछ। र हामी हरेक चरणमा नयाँ सहयोगीहरुलाई स्वागत गर्नेछौं,” स्यान्डर्सले भने।

उदारवादी सोचकी सिनेटर एमी क्लोबुचर २० प्रतिशत मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छिन्। सिनेटर एलिजाबेथ वारेन करिब ९ प्रतिशत मतका साथ चौथो स्थानमा छन्।

चुनावको परिणामसँगै ट्रम्पले व्यङ्ग्य मिश्रित ट्वीट गर्दै भनेका छन्, “बुटिगीगले आज राति राम्रै नतिजा ल्याउनु भयो। बर्नीको पागलपनलाई बुटिगीगले चुनौती दिँदैछन्। धेरै चाखलाग्दो।” रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad