राजनीति


स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे

स्वास्थ्य बीमाबारे पर्याप्त जानकारी भएन : सभामुख घिमिरे

फाइल तस्बिर


नेपालखबर
फागुन १२, २०८० शनिबार २२:१२, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमाबारे राजनीतिक दल, जनप्रतिनिधि र नागारिकमा पर्याप्त जानकारी पुग्न नसकेको बताएका छन्।

आज राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आयोजनामा संसद् भवन बानेश्वरमा आयोजना गरेको ‘नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा उहाँले स्वास्थ्य बीमालाई ठीक ढङ्गले परिचालन गर्ने कुरामा जननिर्वाचित प्रतिनिधिलाई नै जानकारी नभएको बताए।

उनले यसबारे तीनै तहको सरकारका प्रतिनिधिमा पर्याप्त जानकारी आवश्यक रहेको बताए। यसको प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने समेत उनले उल्लेख गरे। क्यान्सर जस्तो घातक रोगका विषयमा गम्भीर हुनुपर्नेमा उनको जोड थियो।

कार्यक्रममा समितिकी सभापति दिलकुमारी रावल पार्वतीले स्वास्थ्य बीमाअन्तर्गतको कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए। उनले क्यान्सर जस्तो रोगका विषयमा विद्यालयतहदेखि नै पाठ्यक्रममा समावेश गरी पठनपाठन गराउन सरकारसँग माग गरे।

किशोरीहरुको पाठेघरको क्यान्सरविरुद्धको खोप अभियान चलाउनुपर्ने उनको धारणा थियो। 

कार्यक्रममा विभिन्न दलका सांसदहरु, क्यान्सर रोगबाट निको भएर आएका प्रतिनिधि तथा चितवन र भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी र जनस्वास्थ्यविद्को सहभागिता रहेको सभापति रावलले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .