ad ad

राजनीति


हामी पद र प्रतिष्ठातिर लाग्यौं, जरातिर लागेनौँ : मन्त्री किराती

हामी पद र प्रतिष्ठातिर लाग्यौं, जरातिर लागेनौँ : मन्त्री किराती

नेपालखबर
फागुन १२, २०८० शनिबार १९:१०, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले प्रमुख दलका नेताहरुलाई मिलेर मुलुकमा सुशासन कायम गर्न आग्रह गरेका छन्।

अग्रज नेताहरूले मिलेर मुलुकमा सुशासन कायम र गरिबीको अन्त्य तत्काल नगरे इतिहासले उनीहरुलाई माफी नदिने उनको निष्कर्ष थियो।

शनिबार काठमाडौँमा आयोजित डा. पुरण राईका कृतिहरु विमोचन कार्यक्रममा बोल्दै मन्त्री किरातीले नेताहरुले मिलेरै राजतन्त्र फालेको र निरंकुशताको अन्त्य गरेको स्मरण गराउँदै अब सुशासन र गरिबी निवारणको  पाटोमा काम गर्नुपर्ने आवश्यकता औंल्याए। 

‘हामी त माटो र जरातिर फर्किएकै छैनौँ। हामी त सुगन्ध र फूलतिर। त्यो पनि गुलावको फूल भए हुन्थ्यो नि, पलाष्टिकको फूल। यतातिर हामी लाग्यौं। पद र प्रतिष्ठातिर लाग्यौं, जरातिर लागेनौं। हामीले लागेको रोग के हो र यसको सही उपचार के हुन सक्छ?,’ उनको प्रश्न छ।

मुलुकमा सुशासन र गरिवीको पक्षमा काम गर्न आफूहरुले अग्रज नेताहरुलाई सक्दो साथ दिने प्रतिवद्धता समेत उनले व्यक्त गरे। 

‘तपाईहरुले मिलेरै राजा फालेको हो। निरंकुशताको अन्त्य गरेको हो। तपाईहरु मिलेर नै एकचोटी सुशासन कायम गरिदिनुस्। गरिबीको अन्त्य गरिदिनुस्। तपाईहरुलाई कति हामीले बोक्नुपर्ने, हनुमानले पहाड बोकेजस्तो हामी बोक्न तयार नै छौं। तर अब पनि ढिलो भयो भने चाहीँ समयले हामी कसैलाई पर्खने छैन र माफी इतिहासले दिनेछैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .