ad ad

राजनीति


परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच दिल्लीमा वार्ता

परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीच दिल्लीमा वार्ता

नेपालखबर
फागुन ११, २०८० शुक्रबार २३:५१, काठमाडौँ

परराष्ट्रमन्त्री एनपी साउद र भारतीय समकक्षी एस जयशंकरबीचशुक्रबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

रायसिना संवाद २०२४ मा सहभागी हुन नयाँ दिल्लीमा रहेका परराष्ट्रमन्त्री साउद र समकक्षी जयशंकरबीचको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

परराष्ट्रमन्त्री साउदलाई स्वागत गर्दै जयशंकरले रायसिना सम्वादमा नेपालको सहभागिताप्रति खुसी प्रकट गरे। 

'रायसिना संवादमा भारतका छिमेकीहरूको उपस्थिति स्वभाविक हो। हामीबीचको छलफलले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउँछ,' जयशंकरले भनेका छन्।

परराष्ट्रमन्त्री साउद उक्त कार्यक्रममा सहभागी हुन बुधबार नयाँ दिल्ली गएका थिए। कार्यक्रमलाई उनले सम्बोधन पनि गर्ने तालिका थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .