नेपालको पाँचदिने औपचारिक भ्रमणमा रहेका बंगलादेशका सेना प्रमुख जनरल अजिज अहमद भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन्।
प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा उनी यही माघ २४ गते नेपाल आएका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहसंयोजक उपरथी निर्मलकुमार थापाले बिदाइ गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
बंगलादेशका सेना प्रमुख अहमदले भ्रमण अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति महारथी पूर्णचन्द्र थापासँग शिष्टाचार भेटवार्ता गरेका थिए। साथै उनले पोखरास्थित पश्चिम पृतना हेडक्वाटर, पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र केही पर्यटकीयस्थलको भ्रमण गरेका थिए।रासस

प्रतिक्रिया